दफा ३५
वासलात र नाफा नोक्सानको विवरण पेस गर्नु पर्ने
ऐनको दफा ८४ को उपदफा (२) बमोजिम बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र :नाफा नोक्सानको विवरण प्राधिकरणले समय समयमा निर्धारण गरे बमोजिमको ढाँचामा तयार गरी आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र प्राधिकरणमा पेस गर्नु पर्नेछ।